अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल « Khabarhub

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले भने, “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरिनुपर्छ ।”

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान होभन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याए। ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । साथै ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालमा पनि पुगे । सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गरे । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शित गरिएको छ ।

मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक महत्वका समपदाबारे जानकारी लिएका थिए । सञ्चारमन्त्री खरेललाई पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले जानकारी गराएका थिए ।

मन्त्री खरेरले संग्रहालयपरिसरको सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक, भण्डारखाल परिसरलगायतको अवलोकन गरे । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरुमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ ।

प्राचीनकालमा यसलाई युगग्राम, यल, मिनङ्ल, ललितपतन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवलेल स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ९ : १७ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा