एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली « Khabarhub

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्ने पार्टी एमाले भएकाले यसलाई मजवुद पार्नुपर्ने बताएका छन ।

बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उनले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मूलुक ठूलो संकटबाट निस्कने तर्क गरे । जति मजबुद उपस्थिती त्यत्ति नै प्रभाव पर्ने भएकाले अराजकताको मनोबल गीराउन भएपनि सक्दो पार्टी पंक्ती र शुभेच्छुक आगामी २७ गते सल्लाघारीमा भेला हुनुपर्नेमा उनले जोड दिए ।

गोदावरी नगर कमिटी ललितपुरद्धारा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै नेता ज्ञवालीले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताए ।

एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उनले बताए । नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेसन गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै उनले पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै महत्व नरहेको टिप्पणी गरे ।

जेन जीको खोल ओढेर अराजकता बढीरहेको उल्लेख गर्दै उहाँले समय आएपछि सबै खुल्दै आइरहेको स्पष्ट पारे । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । उपमहासचिव ज्ञवाली महाधिवेशनको जनपरिचलान समितीको संयोजक छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १० : १९ बजे

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो