काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन परिचालन तथा वार्ता संवाद समिति गठन गरेको छ ।
प्रलोपाको अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोबको अध्यक्षतामा तीनकुने सुविधानगर, काठमाडौंमा आइतबार बसेको बैठकले शर्माको संयोजकत्वमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यामी भट्टराई सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको सोबले जानकारी दिइन् ।
यस्तै, राम कार्कीको संयोजकत्वमा आगामी केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको सोबले बताइन्। कार्की संयोजकत्व समितिमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौला सदस्य रहनेछन्।
बैठकले जगप्रसाद शर्माको संयोकत्वमा विधान मस्यौदा समिति बनाएको छ। समितिमा कृष्ण प्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपालीलगायत पाँच सदस्य रहने निर्णय गरेको छ।













प्रतिक्रिया