‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल « Khabarhub

‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उनले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताए ।

आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’ को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्नसमेत नसक्ने बताए ।

उनले भने, “जेनजी भाइबहिनीले उठाउनुभएका मागमा हाम्रो ध्यानाकर्षण भइरहेकै छ । मन्त्रालय र मातहतका निकाय अझै बढी जिम्मेवार र सजग ढङ्गबाट प्रस्तुत भइरहेको छ । जायज माग सम्बोधन गर्न हामी सधैँ तयार नै छौँ ।”

मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई सरकारले एउटा ‘लेन्स’बाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाजअनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पारे । उनले भने , “सरकारले एकपक्षीय रूपमा मात्रै सुन्नुहुँदैन । सबैका जायज कुरा सुनिरहेका छौँ । सबै नवपुस्तालाई मेरो आग्रह पनि छ, आफूले गल्ती नगरेको भए प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढौँ । पक्राउ परेकाहरूका विषयमा सरकारले आवश्यक अनुसन्धान गर्दैछ । त्यसमा को कति निर्दोष छ भन्ने विषयमा अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्नेछौँ ।”

‘जेनजी’ युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकर्मीलाई अपराधीकरण नगर्न आग्रह गरेका थिए ।

छलफलमा ‘जेनजी’ अगुवाको तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दङ्गाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ५१ बजे

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ – हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत