१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज नेप्से ३.०२ अंकले गिरावट आएसँगै ती कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

आज नेप्सेमा गिरावट आएपनि ९९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो । आज नेप्सेमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएपनि नेप्से घट्दा नेप्सेको पूँजीकरण भने ०.११ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा अपर स्याङ्गे हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सपोर्ट माइक्रोफाइनान्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

नेप्सेमा गिरावट आएसँगै आज हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहको उपसूचक नकारात्मक बनेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : १७ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ