सीएमसी अस्पतालमा भएको तोडफोडको गैर सरकारी चिकित्सक संघद्वारा भर्त्सना « Khabarhub

सीएमसी अस्पतालमा भएको तोडफोडको गैर सरकारी चिकित्सक संघद्वारा भर्त्सना


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी) मा आइतबार भएको तोडफोड र हुलदंगाको विषयमा गैर सरकारी चिकित्सक संघले भर्त्सना गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरबाहीको कारण देखाउँदै चिकित्सक र स्वस्थ्यकर्मीमाथि अमानवीय व्यवहार भएको बताएको छ ।

संघले अस्पतालमा तोडफोड गर्नेमाथि ‘जेल विदआउट बेल’को नियम अनुसार कानूनी कारबाही गर्नुपर्ने माग समेत गरेको छ ।

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ । मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवबाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए ।

दुई महिना अघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजेको समयमा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो ।

अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनि जानकारी गराएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताए ।

मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ४१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको