प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल « Khabarhub

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडलेले शानदार जित निकालेको छ। मंगलबार बिहान सम्पन्न खेलमा वुल्भ्सलाई ४-१ गोल अन्तरले हराउँदै म्यानचेष्टरले शानदार जित निकालेको हो।

खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टरले सुरुवाती अग्रता लिएको हो। म्यानचेष्टरले थप तीन गोल दोस्रो हाफमा गरेको हो।

दोस्रो गोल दोस्रो हाफको ५१ मिनेटमा ब्रायन म्बुएमोले थपे। उसका लागि तेस्रो गोल खेलको ६२ औं मिनेटमा मेसन माउन्टले गरे भने ८२ औं मिनेटमा पेनाल्टीको अवसर सदुपयोग गर्दैै ब्रुनोले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

वुल्भ्सका लागि जे रिसनेरले सान्त्वना गोल पहिलो हाफको अतिरिक्त समयमा फर्काएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा