भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न « Khabarhub

भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।

भारतीय राजदूतावास, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा उद्‌घाटन गरेका थिए ।

महोत्सवले बौद्ध धर्म केन्द्रित सांस्कृतिक सम्पदाको साझा परम्परा प्रदर्शन गरेको भारतीय दूतावासले जनाएको छ । भारतबाट आएको ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो । साँझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत सङ्गीतको प्रस्तुती दिएको थियो ।

यसअघि बिहान बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेज : अ कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी भएको थियो ।

भारत र नेपालका बौद्ध विशेषज्ञहरूले साझा सम्पदाले दुई देशबीचको सांस्कृतिक सम्बन्ध कसरी गहिरो बनाएको छ भन्ने विषयमा आफ्ना धारणा राखेका थिए । 

कार्यक्रमले नेपाल र भारतबीच रहेको ऐतिहासिक र सांस्कृतिक नाता अझ मजबुत बनाएको भारतीय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा नागरिक समाजका सदस्य, शिक्षाविद, वरिष्ठ भिक्षु र लुम्बिनी विकास कोषका सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०१ बजे

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न