कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी « Khabarhub

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो आकाङ्क्षा रहेको स्पष्ट पारेका छन् ।

भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पदप्रति आफ्नो आकाङ्क्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका छन् ।

उनले देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन् ।

उनले साथीहरूको जिज्ञासा मेरो धारणा भन्दै लेखेका छन्– ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकाङ्क्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश, जनता , प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म- जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’

भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने स्पष्ट पारेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ५६ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण