बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु « Khabarhub

बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्यांकले बुधबार देखाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्यांक अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु सङ्क्रमण भएको रेकर्ड गरेको जनाइएको छ । डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ ।

नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।  तिव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।  

डेङ्गु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लाग्ने जस्ता लक्षणहरूसहित मानिसहरूलाई शिथिल बनाउने जनाइएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १ : ३३ बजे

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर