नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह « Khabarhub

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न उनले आग्रह गरेको अर्थमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रको विविधीकरण गर्नुपर्ने विषयमा जोड दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयका अनुसार अर्थमन्त्री डा खतिवडाले आजै दक्षिण एशियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इञ्जिनीयरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनका परीक्षण र यातायात क्षेत्रकोे नियमनजस्ता विषयमा ध्यान दिनु जरुरी रहेको बताएका थिए ।

अन्तरराष्ट्रिय मुद्राकोष एशिया प्रशान्त विभागले आयोजना गरेको एक उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै उनले दक्षिण एशियाली मुलुकले जनसाङ्ख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : १८ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर