महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल « Khabarhub

महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनको मतपरिणामलाई स्वीकार गर्ने बताएका छन्।

बुधबार काठमाडौँमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले जित्दा खुसी हुनेसँगै जित्न नसक्दा पनि स्वीकारेर अगाडि बढ्नुपर्ने बताए।

‘भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, विजय नभए पार्टीको पक्षमा एमाले भएर रहिरहन्छौँ’ उनले भने,‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार्न हामीलाई आउँछ। वाम एकताको पक्षमा हामी छौँ। पार्टी छाडेर जाने कुरा सोचेका छैनौँ।’

उनले आफूलाई कमजोर बनाउन बजारमा अनेक किसिमका हल्ला गरिएकाले त्यसको पछाडि नलाग्नसमेत आग्रह गरेका छन्।

पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्नेसमेत दाबी गरेका छन्।

उनले संविधान र पार्टी विधानको अभ्यासले नै भण्डारीको सदस्यता रोक्न नसक्ने भन्दै उनले यो विषय पार्टीको एजेण्डा भएको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : २९ बजे

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६