ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल « Khabarhub

ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य नेताको नेतृत्वमा पनि आफू सहमत हुन सक्ने संकेत गरेका छन्।

पत्रकारसँगको कुराकानीमा उनले अध्यक्ष ओली अभिभावकको भूमिकामा बस्ने हो र महाधिवेशनको हलमै औपचारिक रूपमा नयाँ नेतृत्व प्रस्ताव गर्ने हो भने सहमति सम्भव हुने बताएका हुन्। पोखरेलले ओलीले आफू हटेर अर्को व्यक्तिलाई अध्यक्ष घोषित गरेमा आफूलाई कुनै आपत्ति नभएको बताए ।

पोखरेलले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्ने कुरामा हामीले भनेका छौं सहमति हुन सक्छ, अध्यक्ष ओलीले महाधिवेशनको हलमा औपचारिक ढङ्गले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ’, पोखरेले थपे ‘अरु हिसाबले सहमति हुँदैन । ओलीले आफू हटेर अर्कालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।’

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ३६ बजे

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर