महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै | Khabarhub Khabarhub

महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेबाट खेल शुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै फाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमा पराजय ब्यहोरेको भएपनि त्यस यताका सवै खेलमा सफलता हात पार्दै आएको छ ।

उसले तीन खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो । यता विराटनगर विराटनगरले शुरुवाती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ०५ बजे

बीबीसीले सिद्धू मुसेवालाको ‘डकुमेन्ट्री’ सार्वजनिक गरेपछि ‘पिता’को आक्रोश

काठमाडौं- पञ्जाबी गायक सिद्धु मुसेवालाको जीवन र हत्यामा आधारित डकुमेन्ट्री

सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग

काठमाडौं– सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर

ढल निर्माणको ठेक्कामा भ्रष्टाचार : काठमाडौंका तत्कालीन प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं- काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा

बाजुराका स्थानीय तहलाई संघीय सरकारको २ अर्ब ७० करोड अनुदान 

धनगढी– आर्थिक वर्ष ०८२/८३ का लागि संघिय सरकार मार्फत बाजुराका स्थानीय

लस एन्जलसमा कर्फ्यू घोषणा

एजेन्सी– लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा