केदार र जितुले मन्त्री अधिकारीसँगको फोटो शेयर गर्दै यस्तो लेखे « Khabarhub

केदार र जितुले मन्त्री अधिकारीसँगको फोटो शेयर गर्दै यस्तो लेखे


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित अन्य सात जनाप्रति कलाकार जितु नेपाल र केदार घिमिरे (माग्ने बूढा) ले समवेदना व्यक्त गरेका छन् ।

जितुले सामाजिक सञ्जाल फेसबूकमा मन्त्री अधिकारीको निधनले आफूलाई दुःख लागेको जनाएका छन् ।

‘हिजो चाइनिज फिल्म फेस्टिभलमा चाइनिज राजदूत र पर्यटनमन्त्री ज्यूसँग यसरी फोटो खिचिएको थियो, कार्यक्रम अवधिभर सँगै बसियो, मन्त्रीज्यूले हाम्रो नेपाली चलचित्रलाई पनि चाइनामा प्रदर्शन गर्नुपर्ने कुरा राख्नुभएको थियो,’ जितुले लेखेका छन्, ‘तर, आज श्रद्धाञ्जली दिनुपर्दा अत्यन्तै दुःख लागेको छ ।’

यस्तै कलाकार केदार घिमिरेले पनि सामाजिक सञ्जाल फेसबूकमा समवेदना प्रकट गरेका छन् ।

‘नेपाली चलचित्रको विकासका लागि प्रयत्नशील व्यक्तित्व माननीय श्री मन्त्री रविन्द्र अधिकारी ज्यू लगायत दुर्घटनामा पर्नुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली, पीडित परिवारले यो दुःख सहने शक्ति प्राप्त गरुन्, शोकाकुल परिवारप्रति हार्दिक समवेदना,’ केदारले लेखेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ३५ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४