५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू) « Khabarhub

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–२१ स्थित यंगालमा रहेको येंगा हिटी (ढुंगेधारा) मा जीर्णोद्धारपछि पुनः पानी प्रवाह सुरु भएको छ । यो हिटी एक अत्यन्त महत्वपूर्ण सामुदायिक जलस्रोत हो । जसले करिब पन्ध्र सय वर्ष अघिदेखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको छ । दीर्घकालसम्म यस हिटीको संरक्षण स्थानीय समुदायकै नेतृत्वमा हुँदै आएको थियो ।

येंगा क्लब र चिभा चैत्य अर्गनाइजेसनबीचको सहकार्य तथा वर्ल्ड मोनुमेन्ट्स फन्ड र नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न जीर्णोद्धारपछि, करिब ५० वर्षपछि यो हिटीमा पुनः पानी प्रवाह सुरु भएको हो।

पुनर्स्थापना कार्यसँगै हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ बनाउन सीसीटीभी क्यामेरा पनि स्थापना गरिएको छ ।

सन् २०२२ मा वर्ल्ड मोनुमेन्ट्स वाचमा सूचिकृत यो सम्पदाको पुनर्स्थापना कार्य वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौं उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न गरिएको हो ।

यस कार्यमा अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको मुख्य सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस तथा आइरन माउन्टेन लगायत संस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ९ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली