५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू) « Khabarhub

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–२१ स्थित यंगालमा रहेको येंगा हिटी (ढुंगेधारा) मा जीर्णोद्धारपछि पुनः पानी प्रवाह सुरु भएको छ । यो हिटी एक अत्यन्त महत्वपूर्ण सामुदायिक जलस्रोत हो । जसले करिब पन्ध्र सय वर्ष अघिदेखि स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउँदै आएको छ । दीर्घकालसम्म यस हिटीको संरक्षण स्थानीय समुदायकै नेतृत्वमा हुँदै आएको थियो ।

येंगा क्लब र चिभा चैत्य अर्गनाइजेसनबीचको सहकार्य तथा वर्ल्ड मोनुमेन्ट्स फन्ड र नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न जीर्णोद्धारपछि, करिब ५० वर्षपछि यो हिटीमा पुनः पानी प्रवाह सुरु भएको हो।

पुनर्स्थापना कार्यसँगै हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ बनाउन सीसीटीभी क्यामेरा पनि स्थापना गरिएको छ ।

सन् २०२२ मा वर्ल्ड मोनुमेन्ट्स वाचमा सूचिकृत यो सम्पदाको पुनर्स्थापना कार्य वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौं उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न गरिएको हो ।

यस कार्यमा अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको मुख्य सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस तथा आइरन माउन्टेन लगायत संस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : ४९ बजे

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडामा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं- चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा