ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ « Khabarhub

ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका अन्य १४१ वटा दलहरूलाई आफूहरूसँग लड्न चुनौती दिएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यलो नेपाल, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसहितलाई यस्तो चुनौती दिएका हुन् ।

‘अहिले निर्वाचन आयोगमा १४३ वटा दर्ता भएछन् । यति धेरै दल केका लागि आएका हुन् ?’, उनले भने, ‘सम्पादकमा असफल भएपछि दल खोल्ने, अन्त केही गर्न नसकेपछि दल खोल्ने चलन अहिले चलेको छ ।’

उनले अहिले आयोगमा दर्ता भएका दलहरू सबै मिलेर लड्न आए आफूहरू तयार रहेको बताए । ओलीले मंसिर १९ गते कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण र राजनीतिक सन्देश दिने गरी संवाद भएको बताए ।

‘देउवाजीसँग गम्भीर र अर्थपूर्ण संवाद भएको छ। यसको राजनीतिक सन्देश विस्तारै बाहिर आउँछ’, उनले भने, ‘देश बनाउने नेपाली कांग्रेस र एमाले छँदैछन् । यति धेरै दल के का लागि चाहिएको हो ? दर्ता भएका १४१ दल मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ । हामी सामना गर्न तयार छौँ ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १ : ५३ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट