सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए « Khabarhub

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए ।

‘निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हुँदैछ’, प्रमुख भट्टले भने, ‘मतदाता दाबी विरोध, त्रुटि सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।’

गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए। 

औँठाछाप र फोटोसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन विधिबाट नाम दर्ता गराउने व्यवस्थासमेत गरिएको थियो ।
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ०० बजे

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको

हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?

काठमाडौं- अमेरिका, इरान र इजरायलको तनावबीच तीनै पक्षबाट महत्वपूर्ण भनाइहरू

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको