प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र « Khabarhub

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ ।

उक्त पार्टीले केवल चुनावको तयारी मात्र नगरी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा प्रधानमन्त्री समक्ष राखेको छ । 

प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेन-जी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाहीको माग पनि राखेको छ ।

यो सरकारको मूल मुद्दा भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना कामकारबाही अघि बढाउनुपर्ने सो पार्टीको माग छ । प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिँदै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताइन्। 

उनले राजनीति गर्नेहरुले केवल भाषण मात्रै गर्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि बताइन् ।

उनले भनिन्, ‘युवामा वितृष्णा बढ्यो, आन्दोलन भयो, अब यस्तो आन्दोलन हुनु नपर्ने गरी काम गरौँ । नेताहरू भाषण मात्रै गर्ने भए, त्यसैले तपाईँहरू पनि चुनावमा जानुहोस्, राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध सांसद जिताएर संसद्‌मा पठाउनुहोस् ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ५ : ३८ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट