म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस « Khabarhub

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो ।

विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

बेनीस्थित पार्टी कार्यालयमा आज बसेको जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले केन्द्रिय समितिको निर्देशनअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका उमेद्वारको नाम सिफारिस गरेको सचिव हिराबहादुर पुनले बताए ।

उनका अनुसार छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्रबहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरिएको उहाँले जानकमारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ३२ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त