महिला क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्ने | Khabarhub Khabarhub

महिला क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्ने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन यसअघि नै फाइनलमा पुगेको हो ।

डब्लुसिएलको फाइनल ७ गते काठमाडौंले चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको थियो ।

काठमाडौंसँग पराजित भएसँगै विराटनगरभने घर फर्किएको छ । विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गरेको हो ।

काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् । रोमा थापा सुन्य रनमा पेभेलियन फर्किइन । काठमाडौंविरुद्ध विराटनगरकी सोनु खड्काले १ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो ।
विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन् ।

यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ३ : २० बजे

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा