राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक « Khabarhub

राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार फिल्मका शीर्ष कलाकार नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिषेक र आकृति रोमान्टिक देखिएका छन् । यसले उनीहरू सुखद प्रेममा रहेको संकेत गर्छ ।

साथै, पोस्टरले फिल्म युवा जोडीको प्रेम कथामा बनेको प्रस्ट पार्छ ।

पोस्टरको पृष्ठभूमिमा ‘तरंग’हरू देख्न सकिन्छ । उनीहरूको प्रेम उत्कर्षमा रहेको संकेत गर्न उक्त तरंगहरु प्रयोग गरिएको निर्माण पक्षले बताएको छ ।

पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको नयाँ गीत ‘तिमी बिना’ पुस ३ गते सार्वजनिक हुने जानकारी दिएको छ ।

‘कुमारी’को प्रदर्शन मिति माघ २३ लाई तोकिएको छ ।

पछिल्लो दशक सामाजिक कथाका फिल्ममा अभ्यास गरेर निर्देशक राउत लभस्टोरी जनरामा फर्किएका हुन् । उनी ‘आईएम सरी’ र ‘नोभम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक हुन् ।

विकास सुबेदीले लेखेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : २३ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा