एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू) « Khabarhub

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई तह लगाउने गरी अघि बढेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई उद्घाटन सत्रको मञ्चमा निषेध गरेका उनले आइतबार सुरू भएको बन्द सत्रमा पनि अनौठो निर्णय लिए ।

यसअघिका महाधिवेशनमा बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल बनाउने परम्परा थियो । तर यस पटक ओलीले अध्यक्षमण्डल नै गठन गरेनन् ।

उनले केही बेरअघि सुरू भएको बन्द सत्रलाई सम्बोधन गरे । तर उनले त्यहाँ अध्यक्षमण्डल बनाउन कुनै चासो दिएनन्।

उनी एक्लैले अहिले बन्दसत्रको हलमा छलफल अघि बढाएका छन् । अध्यक्षमण्डल बनाउँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षलाई पनि समेट्नुपर्ने हुन्थ्यो । त्यसलाई छल्न उनी एक्लैले अहिले बन्दसत्र चलाइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : ५० बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।