मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण « Khabarhub

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गरेका छन् । 

सो अवसरमा उनले यहाँ निर्माण हुँदै गरेको चार लेनको पुल पर्यटकीय हिसाबले आकर्षण रहेको भन्दै पर्यटकलाई यसले लोभ्याउने चर्चा गरे । 

मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यसले काठमाडौँ र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे । 

उनले भने, ‘मुग्लिन–पोखरा सडकको पहिलो खण्ड सम्पन्न भइसकेको छ, केही काम बाँकी छ । यसले ठूलो परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्छ । मुग्लिनदेखि काठमाडौंसम्मको काम विश्व बैंकको सहयोगमा भइरहेको छ ।’ 

यसैबीच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । 

सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।

निर्माण व्यवसायीबाट काम नहुँदा देश उनीहरूको कब्जामा गए जस्तो भइरहेको बताउँदै मन्त्री घिसिङले भने, ‘कुनै पनि निर्माण व्यवसायीले काम गर्दैन भने उनीहरूलाई कारबाही गर्छौँ ।’

मन्त्री घिसिङले विभिन्न २०० बढी सडक आयोजना सडक विभागले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । 

तनहुँको घुमाउने पुल विगत ११ वर्षदेखि अलपत्र रहेको जनाउँदै उनले एक महिनाभित्र काम सुरु नगरे त्यो योजना पनि रद्द गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘काम समयमा गरेको भए देश विकास भइसक्ने थियो, काम नगर्दा देश विकासमा पछाडि परेको छ ।’

व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विकास निर्माणकास सन्दर्भमा मन्त्री घिसिङ समक्ष ज्ञापनपत्र बुझाएका थिए । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : २७ बजे

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक