ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने « Khabarhub

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा निर्वाचन प्रक्रिया अघि बढेसँगै उम्मेदवार छनौटमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि पहिलो चरणमा पदाधिकारी टुंग्याउन लागिएको छ। निर्वाचन हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्।

पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार पोखरेल समूह महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने करिब पक्का गरेको छ । दशौँ महाधिवेशनका दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य केन्द्रीय नेतृत्वबाट बिदा हुँदै गर्दा पाण्डे महासचिवमा भिड्न करिब करिब तयार भएका छन् ।

‘सुरेन्द्र पाण्डेको नाममा करिब सहमति जुटेको छ, उहाँलाई अघि सार्ने विषयमा सबै नेताहरू तयार हुनुहुन्छ,’ थापागाउँ बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा छलफल भइरहेको छ ।’

पाण्डे महासचिवमा अघि सर्ने भएपछि वर्तमान सचिव योगेश भट्टराई उपमहासचिवमा उम्मेदवार हुनेछन् । यस्तै गाेकर्ण विष्ट उपाध्यक्षमा उठ्ने करिब सहमित जुटेकाे छ ।

यद्यपि पोखरेल पक्ष ओलीले आफ्नो प्यानल घोषणा नगरेसम्म नगर्ने स्थितिमा देखिन्छ । पोखरेल पक्षको छलफलमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे केन्द्रीय सदस्य रचना खड्का लगायतका नेताहरू छन्। सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता पनि सहभागी थिए।

गुन्डुमा प्रदीपको पक्षमा अडान

उता अध्यक्ष ओली पक्ष पनि भक्तपुरको निवास गुण्डुमा आफ्नो टीमबारे छलफलमा छ ।

ओली पक्षबाट महासचिवमा अझै कुरा मिलेको छैन । त्यहाँ वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरिरहेका छन् ।

तर स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरूङले अर्का उपमहासचिव ज्ञवालीको पक्षमा अडान लिएका छन् । उता उपमहासचिव विष्णु रिमाल पोखरेललाई दोहोर्‍याएर लैजान लबिइङ गरिरहेका छन् ।

ओली पक्षको टीम मिलाउन उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँग छलफलमा छन् । उपाध्यक्ष पौडेल महासचिव पोखरेललाई रोक्ने योजनासहित ओली खेमामा खुलेका थिए। पौडेल र पोखरेलबीच लुम्बिनी भूगोलबाटै राजनीतिक टकराव छ ।

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत पहिलो दिनको बन्दसत्र केही समय अगाडि सकिएपछि दुवै पक्ष रणनीति निर्माणमा जुटेका हुन्। ओलीले विधान संशोधन गरेर दुई उपाध्यक्ष र दुई सचिव पद थपे पनि नेता व्यवस्थापन अझै जटिल बनेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : ०४ बजे

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।