प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए « Khabarhub

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

सचिव पद नपाएपछि राजेन्द्र गौतम पनि हिँडे


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद देखिएको छ।

खासगरी महासचिव पदलाई लिएर ओली समूहमा गम्भीर विवाद र संकट देखिएको हो ।

चितवनमा भएको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीको इच्छामा महासचिव बनाइएका शंकर पोखरेलले दोहोरिन खोजेपछि दुई दिनदेखि गुन्डुमा भएको छलफल निष्कर्षविहीन भएको हो ।

शनिबारैदेखि ओलीले महासचिव पदमा कुरा मिलाउन खोजेका थिए । तर महासचिवका आकांक्षी पृथ्वी सुब्बा गुरुङ, पोखरेल र ज्ञवालीबीच कुरा मिल्न नसकेको हो ।

महासचिवमा बलियो दाबेदारी पेश गरेका उपमहासचिव ज्ञवालीले अडान नछाडेपछि गुण्डु बैठकले कुनै निचोड दिन नसकेको हो । ओली अहिले पनि पोखरेललाई निरन्तरता दिने पक्षमा छन् ।

तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलले महासचिवमा प्रदीप ज्ञवालीलाई लैजाने पक्षमा आफूलाई उभ्याएका छन् । सुरूमा पृथ्बी सुब्बालाई महासचिव बनाउन खोजे पनि अन्त्यमा उनले ज्ञवालीलाई महासचिवमा लान चाहेका थिए ।

ज्ञवालीले सुरूदेखि नै महासचिवमा दाबी गरेका थिए । तर ओलीले उनलाई उपमहासचिवमै निरन्तरता दिन खोजे । चार दिनअघि नै उपमहासचिव ज्ञवालीले महासचिवमा जान नपाएमा आफू केन्द्रीय सदस्यमा मात्रै उठ्ने जनाउ दिएका थिए ।

त्यसपछि सोमबार गुण्डुमा भएको बैठकमा कुरा नमिलेपछि ज्ञवाली उठेर हिँडेका छन् । ओलीले पोखरेललाई महासचिव प्रस्ताव गरेसँगै ज्ञवालीले गुण्डुको बैठकस्थल छाडेर हिँडेका हुन् ।

पोखरेललाई महासचिव दोहोर्‍याउन अर्का उपमहासचिव विष्णु रिमाल पनि लागेका छन् ।

गौतम पनि बाहिरिए

उता एमाले प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम पनि गुण्डु छाडेर हिँडेका छन् । उनले आफूलाई सचिव पदमा लैजानुपर्ने माग ओलीसमक्ष राखेका थिए ।

तर ओलीले गौतमलाई सचिव पदमा लैजान नसकिने बताएपछि उनी गुण्डुबाट बाहिरिएका हुन् । ओली समूहबाट सचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, शेरधन राई, माधव ढुंगेल, महेश बस्नेत, विशाल भट्टराई र यमलाल कडेँलको सम्भावना । अझै भट्टले उपमहासचिवमा दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : २४ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल