‘काकु’लाई डेब्यू निर्देशनमै ठूलो सफलता, ‘परान’ बन्यो सर्वाधिक व्यापार गर्ने छटौं फिल्म « Khabarhub

‘काकु’लाई डेब्यू निर्देशनमै ठूलो सफलता, ‘परान’ बन्यो सर्वाधिक व्यापार गर्ने छटौं फिल्म


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’को चरित्र ‘काकु’बाट चर्चामा आएका दिपक आर्चायलाई डेब्यू निर्देशनमै ठूलो व्यापारिक सफलता मिलेको छ ।

दीपकको निर्देशन रहेको फिल्म ‘परान’ले मंसिर २७ गतेसम्म १७ करोड ३९ लाखको व्यापार गरेको चलचित्र विकास बोर्डले सोमबार तथ्यांक सार्वजनिक गरेको छ ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्न उक्त अवधिमा ६ लाख १२ हजार ८०८ वटा टिकट बिक्री भएको बोर्ड तथ्यांकमा उल्लेख गरिएको छ ।

यस फिल्मको व्यापार उच्च हो । नेपाली फिल्म इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने छटौं स्थानमा उक्लिएको छ । अर्थात्, ‘परान’ले व्यापारिक रुपमा आफ्नो स्थान कायम गरेको छ ।

सर्वाधिक व्यापार गर्ने पाँचौ फिल्म ‘जारी’ले १७ करोड ४८ लाखको व्यापार गरेको छ । ‘जारी’लाई भेट्न ‘परान’ले करिब ९ लाखको व्यापार गरे पुग्छ । ‘परान’ले ‘जारी’को रेकर्ड तोड्ने सम्भावना उच्च देखिन्छ ।

अहिलेको अवस्थामा ‘परान’भन्दा बढी व्यापार गर्ने पाँच फिल्महरु क्रमशः ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ४’ र ‘जारी’ हुन् ।

‘परान’मा नीर शाह शीर्ष भूमिकामा छन् । सहायक भूमिकामा नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली छन् ।

निर्देशक आचार्यले यसको कथा लेखेका हुन् भने निर्माताहरु रञ्जित आचार्य र शेखर गोल्छा हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ०७ बजे

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो