इटाली भारतको निकटस्थ साझेदार हो : विदेशमन्त्री जयशङ्कर « Khabarhub

इटाली भारतको निकटस्थ साझेदार हो : विदेशमन्त्री जयशङ्कर


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशङ्करले इटाली इटाली भारतको सबैभन्दा नजिकमध्येको साझेदार रहेको बताएका छन् । इटालीका उपप्रधान तथा विदेशमन्त्री एन्टोनियो टाजानीसँगको भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले यस्तो बताएका हुन् ।

भेटवार्ताका क्रममा दुबै मुलुकले आतंकवादका लागि आर्थिक सहायताविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे । नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले गत महिना राजधानीमा भएको आतंककारी आक्रमणविरुद्ध समर्थन गरेकोमा इटालीलाई धन्यवाद पनि दिए ।

उनले दुबै मुलुकले सुरक्षा सहकार्यलाई सुदृढ गरिरहेको चर्चा गर्दै फाइनान्सियल एक्सन टास्क फोर्समा दुबै मुलुकले साझेदारी गर्ने जनाए । हालै दक्षिण अफ्रिकाको जोहन्नेसवर्गमा आयोजित जी २० को शिखर सम्मेलनमा दुबै मुलुकका प्रधानमन्त्रीबीच भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै जयशङ्करले दुई देशबीच मात्रै नभइ दुई देशको नेतृत्वबीच पनि न्यानो व्यक्तिगत सम्बन्ध रहेको स्मरण गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : १५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको