पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी « Khabarhub

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा रहेको पाइएको छ । एशियाली विकास बैंक एडीबीले सार्वजनिक गरेको तथ्यांकमा ८० प्रतिशत पाकिस्तानीको पहुँचमा शुद्ध पिउने पानी नरहेको उल्लेख छ ।

बैंकको जलविकास आउटलुक प्रतिवेदनमा पाकिस्तानमा जलअसुरक्षा बढिरहेको उल्लेख छ । यसका लागि तत्काल सुधार र लगानी आवश्यक रहेको जनाइएको छ ।

पाकिस्तानमा जलसुरक्षाका लागि आगामी दशकमा ३५ देखि ४२ अर्ब अमेरिकी डलर आवश्यक छ । जल प्रशासन, आपूर्ति, पूर्वाधार र संरचनागत क्षमता विकासका लागि उक्त लगानी आवश्यक रहेको बैंकको प्रतिवेदनलाई उल्लेख गर्दै पाकिस्तानबाट प्रकाशित हुने द नेशन अखबारले जनाएको छ ।

तीव्र जनसङ्ख्या वृद्धिका कारण प्रतिव्यक्ति पानीको उपलब्धता ह्वात्तै घटेको प्रतिवेदनले जनाएको छ । हाल पाकिस्तानमा प्रतिव्यक्ति पानीको उपलब्धता २ हजार ४ सय घनमिटरमा सीमित भएको छ ।

बैंकका अनुसार सन् १९७२ मा पाकिस्तानमा पानीको उपलब्धता प्रतिव्यक्ति ३ हजार ५ सय घनमिटर रहेको थियो । सन् २०३० सम्म यो १ हजार १ सय घनमिटरमा सीमित हुने बैंकको प्रक्षेपण छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने