श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका « Khabarhub

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्त नेम्बाङ बिरामी परेपछि उनकी श्रीमती भूमिका सुब्बा पार्टी महाधिवेशनमा उम्मेदवार बनेकी छन्। उनलाई अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनाइएको छ।

जनसांस्कृतिक महासंघको अध्यक्षसमेत रहेकी उनलाई महिला सूचीबाट उम्मेदवार बनाइएको हो।
वसन्तको स्वास्थ्यमा सुधार आइरहे पनि उनी राजनीतिमा सक्रिय हुने अवस्था नभएपछि भूमिकालाई अघि बढाइएको नेताहरुले बताएका छन्।

वसन्त २०७४ सालमा नेकपा विघटनपछि सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए।

यस्तै पाँचथरबाटै आशा जवेगु र पूर्वमाओवादी नेता रहेका श्री जवेगुलाई पनि ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ०७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका