एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार « Khabarhub

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट जम्मा तीनजना महिलाको मात्रै उम्मेदवारी परेको हो।

महिला समावेशिता र लैङ्गिक समानताको कुरा गर्दै आएका अध्यक्ष ओलीले भने सचिवमा मात्रै महिला उम्मेदवार उठाएका छन्। ओली समूहबाट सचिवमा पद्मा अर्याल नाम आउँदा उपाध्यक्षमा भने कुनै महिलाको नाम छैन।

यता ईश्वर पोखरेल पक्षले भने उपाध्यक्षमा बिन्दा पाण्डेलाई अगाडि सारेको छ। पोखरेल समूहले नै सचिवमा रचना खड्कालाई अगाडि सारेको छ।

यस अगाडिकी महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा नगर्ने भनेपछि पोखरेल समूहले पाण्डेलाई अगाडि सारेको हो।

प्रारम्भिक सूचीहरू हेर्दा अहिलेसम्म पदाधिकारीमा ओली समूहले पद्माबाहेक अरुलाई उम्मेदवार बनाएको देखिँदैन।
यस अगाडिको सचिवालयमा भने अष्टलक्ष्मी शाक्य उपाध्यक्ष थिइन् भने अर्याल महिला सचिव थिइन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५९ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न