‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह « Khabarhub

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड एस’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्म ‘अवतार : फायर एण्ड एस’ जेम्स क्यामरुनले  निर्देशन गरेका हुन् ।

 ‘अवतार’ श्रृङ्खलाका अघिल्ला दुई भागहरू सर्वकालीन कमाउने विश्व फिल्मको शीर्ष पाँच सूचीमा क्रमशः पहिलो र तेस्रो स्थानमा रहेका थिए।  नेपालमा दर्शकहरूको उत्साह हेर्दा फिल्मको लोकप्रियता स्पष्ट देखिन्छ। नेपालमा यो फिल्मको एडभान्स  बुकिङ ११ दिनअघि सुरु भइसकेको छ।   

सिनेपा : बक्सअफिसका अनुसार मंगलबार ८ हजार ३४६ वटा टिकट बिक्री भइसकेका छन्। टिकट बिक्रीबाट फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ।  बिहीबार बेलुकासम्म एडभान्स बिक्री ४५ देखि ५० लाख रुपैयाँ पार गर्न सक्ने देखिन्छ।

नेपालमा यो हलिउड फिल्मले भारतीय वा नेपाली फिल्मपछि तेस्रो ठूलो वित्तीय आकार ओगट्ने सम्भावना देखिन्छ । फिल्मको कथा, भिजुअल प्रभाव र विश्वव्यापी लोकप्रियता हेर्दा नेपाली बक्सअफिसमा पनि उत्कृष्ट प्रदर्शन हुने सम्भावना छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ५४ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद