नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट « Khabarhub

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड पावर्ड बाई प्रायोजकको रूपमा आबद्ध भएको हो । 

यो प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरु र प्रविधिहरूद्वारा एउटै थलोमा प्रस्तुत गरिनेछ ।

यसैगरी, एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ ।

नेशनल घर निर्माण एक्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी जानकारी र अनुभव साटासाट गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ३० बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा