त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड « Khabarhub

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ ।

यहाँको त्रिनगर नाका हुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।

त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।

‘नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घर खर्च धान्न पनि धौधौ पर्दछ,’अछामको रामारोशनका मङ्ल परियारले भने, ‘भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।’

त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लाग्नुभएका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताए  । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहर जाने गर्छन् । रासस

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ०२ बजे

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम