अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण « Khabarhub

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो पुस्ताको इन्टरनेश सुविधासहितको मोबाइलको टावर स्थापनाको मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

सञ्चार सुविधाको अभावमा समस्यामा परेका पदयात्री र आरोहीको उद्दारमा समस्या भएको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

हुमखोलासम्म मोबाइल फोन सेवा भए पनि आधार शिविर जाने आउने पदयात्री दुईदेखि तीन दिन पूर्ण रूपमा सञ्चार सम्पर्कबाट टाढा हुने गरेका छन् । टोलीसँग सञ्चारमन्त्री खरेलले अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिकमका इञ्जिनियर जीवराज उपाध्यायलाई जिम्मेवारी दिएको बताए ।

मन्त्री खरेलले म्याग्दीमा रहेका टेलिकमका सबै टावरको विवरण सङ्कलन गरी सेवा विस्तार र क्षमता वृद्धिका लागि टेलिकमको नेतृत्वलाई निर्देशन दिए । गाउँपालिका अध्यक्ष पुन, अभियन्ता गुरुङ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठ, व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको टोलीले मङ्गलबार काठमाडौँमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आज म्याग्दी फर्किएका छन् ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । विद्युत् र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि पहल गर्ने जनाएको छ ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हुँदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइचो लाग्छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : २३ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये