कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड « Khabarhub

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको मापदण्ड तयार पारेको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण सकेर वडाले पालिकालाई र पालिकाले क्षेत्रलाई सिफारिस गर्नुपर्ने मितिमा सदस्यता व्यवस्थापन समितिले क्रियाशील वितरण गर्दा अपनाउनुपर्ने प्रक्रियाका विषयमा निर्णय गरेको हो ।

‘सदस्यता कति आवश्यक हो त्यसको निर्णय गरी क्षेत्रीय कार्यसमितिले माग गरेको हुनुपर्‍यो, क्षेत्रीय समितिसँग वडाले पनि त्यसरी नै निर्णय गरी माग गरेको हुनुपर्‍यो,’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्य योगेन्द्र चौधरीले बुधबारको निर्णयबारे भने, ‘त्यसरी निर्णय गरी लिएका फारम वडाले नामावलीसहितमा निर्णय गरी पालिकामा पठाउनुपर्‍यो। पालिकाले त्यसरी नै निर्णय गरेपछि निर्वाचन क्षेत्रले पनि निर्णय गरी सदर भएपछि मात्र सिस्टममा अपडेट गर्नुपर्‍यो ।’

उनले त्यसरी प्रक्रिया नपुर्‍याई वितरण भएको सदस्यताले वैधानिकता नपाउने बताए । प्रक्रियागत रूपमा काम भए/नभएको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रत्यायोजन गरेको उनको भनाइ छ । ‘क्षेत्रीय समितिले निर्णयबाटै माग गरेको छ/छैन ?, वडाले निर्णय गरी माग गरेको छ/छैन ? र निर्णयबाटै पारित गरेर सदस्यता माथिल्लो निकायमा सिफारिस गरेको छ/छैन ?, हेर्ने जिम्मा जिल्ला कार्यसमितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेका छौँ,’ चौधरीले भने, ‘त्यसका लागि आजै हामी जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै छौँ ।’ समितिको बैठकले क्यानडा, अस्ट्रेलिया र बेलायतमा सदस्यता वितरणका लागि ५ गतेसम्मको समय तोक्दै सदस्यता व्यवस्थापन समितिका सदस्यहरूले समन्वय गर्ने गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।

‘अस्ट्रेलियामा समन्वय गरी विवाद समाधानको जिम्मा प्रकाश रसाइलीजीले पाउनुभएको छ । यूकेको समन्वय गर्ने र सदस्यता व्यवस्थापनका विवाद समाधानको जिम्मा सीता गुरुङजीले पाउनुभएको छ,’ चौधरीले भने, ‘क्यानडामा समन्वय गर्ने र विवाद समाधान गर्ने जिम्मा मैले पाएको छु ।’ उनले जिल्ला र क्षेत्रको विवाद समाधानका लागि पनि प्रदेशगत रूपमा कार्यविभाजन भएको जानकारी दिए । ‘मधेस र लुम्बिनीमा आएको समस्या सम्बोधनका लागि समन्वय गर्ने र सहजीकरण गर्ने जिम्मा प्रकाश रसाइलीजीले, वाग्मती र गण्डकी सीता गुरुङजीले पाउनुभएको छ,’ उनले भने, “कोसी र कर्णालीमा समन्वय र सहजीकरण गर्ने जिम्मा मैले पाएको छु, सुदूरपश्चिम प्रदेशको जिम्मा गगन थापा स्वयंले हेर्ने गरी लिनुभएको छ ।’

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : ०४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको