भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार « Khabarhub

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान मध्यरातिसम्म पनि सकिएको छैन। एमालेका २२६३ प्रतिनिधिमध्ये आधाजतिले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ।

एमालेको अहिलेको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर केपी शर्मा ओली लगातार तेस्रोपटक पार्टी हाँक्ने तयारीमा छन्। उता अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यसपटक ओलीलाई हराएर नेतृत्व आफूले नै गर्ने ध्याउन्नमा छन्।

त्यस्तै महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिडेका छन्। पोखरेल ओली प्यानलबाट र पाण्डे पोखरेलको प्यानलबाट उम्मेदवार बनेका हुन्।

मत माग्दा, चुनावी रणनीति अपनाउँदा एकअर्काविरुद्ध खरो उत्रिएका यी चारै नेता अहिले मतदान स्थल काठमाडौँको भृकुटीमण्डपमा सँगै गफिँदै बसिरहेका छन्। उनीहरू चार जनाको अहिलेको तस्बिर राखेर नेता कार्यकर्ताले लोकतान्त्रिक चरित्र देखाएको भन्दै प्रशंसा गरिरहेका छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ४१ बजे

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि