काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
भृकुटीमण्डपस्थित हलभित्र मतगणना चलिरहँदा हलबाहिर नेता-कार्यकर्ताहरू मतपरिणामको प्रतीक्षामा रहेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतगणनाको काम सुरु भएको र करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् ।
मतगणना सुरु भएसँगै अहिले हल बाहिर उम्मेदवार र कार्यकर्ताको चहलपहल बढेको छ ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया