एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता « Khabarhub

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

सुरुवाती नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बनाएका छन् । उनले १५७ मत ल्याउँदा प्रतिस्पर्धी ईश्वर पोखरेलले ७४ मत ल्याएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले ११५ ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९ बजे सुरु भएर बिहीबार बिहान साढे ६ बजे सकिएको मतदानमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा ३६ जना अनुपस्थित भए । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ३२ बजे

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि