केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता « Khabarhub

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बनाएका छन् ।

४ सय मतगणना हुँदा ओलीले ३३३ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।

उता महासचिव पदमा शंकर पोखरेलले २४९ ल्याउँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणना सुरु भएको २ घण्टाभित्र सम्पूर्ण परिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९ बजे सुरु भएर बिहीबार बिहान साढे ६ बजे सकिएको मतदानमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।

मतदानमा ३६ जना अनुपस्थित भए । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र महासचिवको परिणाम

अध्यक्ष

केपी शर्मा ओली–३३३

ईश्वर पोखरेल–११०

महासचिव

शंकर पोखरेल–२४९

सुरेन्द्र पाण्डे १९४

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ०९ बजे

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय