फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल « Khabarhub

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उनले ४० वर्ष मुनिकाको भिडन्त भएको उक्त क्लस्टरका अन्य दुई उम्मेदवार ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतले हराइन् ।

सुनिताले १६६८ मत पाउँदा थापाले २२९ र खड्काले ३३० मात्रै मत ल्याए । यससँगै सुनिताले एमालेको राजनीतिमा औपचारिक यात्रा थालेकी छन् ।

उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा थिइन् । उता कोशीबाट युवा क्लस्टरको उम्मेदवारमा युवा संघका अध्यक्ष क्षितिज थेबे समावेश थिए । उनले पनि ठूलो मतान्तरले जित निकालेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  २ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली