१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ « Khabarhub

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका छन् ।

बिहीबार सार्वजनिक एघारौँ महाधिवेशनको परिणामअनुसार इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ १७२१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षमा विजयी केपी शर्मा ओली समूहले उनको नाम खुला केन्द्रीय सदस्यमा समावेश गरेको थियो । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय थिए ।

सुरुमा उनको नाम ओली समूहले केन्द्रीय सदस्यमा समावेश गरे पनि इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतसँगको विवादका कारण हटाइएको थियो।

अन्य अग्रज नेता हुँदा हुँदै केन्द्रीय सदस्यमा सुहाङको नाम राखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

त्यसपछि  क्षेत्र नम्बर १ का पूर्व सांसद बस्नेत र दुईका पूर्व सांसद नेम्बाङ दुवैको नाम ओलीको प्यानलमा केन्द्रीय कमिटीमा थिएन  । 

तर चर्को आलोचना भएपछि ओलीले उनको नाम आफ्नो प्यानलमा समावेश गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ४२ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको