केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल « Khabarhub

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि हारेको भेटिएको छ।

उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित केन्द्रीय सदस्य पदमा पनि विजयी हुन नसकेको भेटिएको छ।

रिमाल अध्यक्षमा तेस्रो पटक निर्वाचित ओलीका खास भित्रिया थिए । उनी ओली सत्तामा या बाहिर हुँदा निरन्तर ओलीको सचिवालयमा काम गरेका व्यक्ति हुन् ।

लामो समय ओलीका विश्वासपात्र उनलाई पदाधिकारी र केन्द्रीय सदस्यबाट पनि रिजेक्ट गरिदिएका हुन् । यसअघि नै प्रदीप ज्ञवाली पदाधिकारीबाट बाहिरिएको अवस्थामा रिमालको हारले ओलीलाई झट्का लागेको छ।

केन्द्री सदस्य पदमा रिमालले ६३० मत मात्रै पाएका छन् । उता उपमहासचिवमा रिमालले १०९१ मत ल्याएर चौथो भएका छन् ।

उता उपाध्यक्षमा उठेर हारेका गुरू बरालले केबल ७५४ मत केन्द्रीय सदस्यमा ल्याएका छन् । बराललाई यसअघि ओलीले तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उपाध्यक्षमा मनोनीत गरेका थिए ।

तर उनले ओलीको उक्त विश्वासको इज्जत राख्न सकेनन् । उनले उपाध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि हार भोग्नुपरेको छ। बरालले उपाध्यक्षमा ११३७ मत ल्याउँदै छैटौँ भए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ५४ बजे

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क