नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक « Khabarhub

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । 

निर्वाचन समिति (२०८२–२०८५) ले विभिन्न पदका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

 निर्वाचन समितिका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (प्रदेश प्रतिनिधित्वसहित), महासचिव, कोषाध्यक्ष, सह–महासचिव तथा कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दर्ता भएका छन् । प्रकाशित नामावलीप्रति कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भएमा तोकिएको समयभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

समितिले २०८२-०९-०४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन समितिको कार्यालय, सिद्धि सदन, एक्जिबिसन रोड, काठमाडौंमा उपस्थित भई वा आधिकारिक इमेलमार्फत उजुरी दर्ता गर्न सकिने जनाएको छ । प्राप्त उजुरीहरूको छानबिनपछि निर्वाचन तालिकाअनुसार अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ ।

नेपाल चिकित्सक संघको निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्य, निर्वाचन अधिकृत अधिवक्ता बाबुराम अर्याल तथा डा. अतीत पौडेल रहेका छन् । समितिले निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : १९ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश