एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा ! « Khabarhub

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। रास्वपाले सार्वजनिक गरेको कोशी प्रदेशको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा गोल्छा समेटिएकी हुन्।

रास्वपाले उम्मेदवार बन्न इच्छा व्यक्त गर्नेका लागि आह्वान गरे अनुसार उक्त सूचीमा संविधानसभा सदस्यसमेत रहेकी गोल्छाको नाम कोशी प्रदेशबाट मधेशी कोटामा समेटिएको हो। रास्वपाले प्रारम्भिक सूचीमा समेटिएका उम्मेदवारसँग छलफल गर्नका लागि शनिबार समय छुट्याएको छ।

को हुन् गोल्छा ?
अहिले रास्वपा समानुपातिक सूचीमा समेटिएकी गोल्छा दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेको समानुपातिक कोटामा सांसद् बनेकी थिइन्। ठुलो रकम चन्दा दिएकै आधारमा सांसद बनाएको भन्दै एमालेको चर्को आलोचना भएको थियो।

नेकपा (एमाले)ले केपी ओली प्रधानमन्त्रीको उम्मेदवार बन्दा मतदान गर्न नआएको भन्दै सांसद पदबाट राजीनामा माग्न निर्देशन गरे पनि उनले त्यसलाई अस्वीकार गरेकी थिइन्। २०७२ कात्तिक १ गते बसेको एमाले स्थायी कमिटीले राज्यलक्ष्मीलाई राजीनामा दिन निर्देशन गरेको थियो।

राज्यलक्ष्मी व्यापारिक घरना महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन्। विराटनगरलाई चिनाउन गोल्छा समूहको योगदान रहेको छ। उनका ससुरा रामलाल गोल्छा हुन्। एमालेभित्र सम्बन्ध बिग्रिएपछि गोल्छा केही समय विवेकशील साझा पार्टीमा आवद्ध भएकी थिइन्। रास्वपा र विवेकशील पार्टीबीच एकता भएपछि उनी समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी हुन्।

यसअघि गोल्छामाथि सम्पत्तिको आडमा राजनीति गरेको आरोप लागेको थियो। यसअघि गोल्छा स्वयम्ले एमालेलाई एक करोड ६५ लाख, युवा संघका गोविन्द थापालाई एक करोड, गंगालाल तुलाधरमार्फत् माधव नेपाललाई १० लाख, गोकर्ण विष्टलाई १० लाख, युवा संघलाई ६५ लाख, ऋषि पोखरेललाई १० लाख र सुमन प्याकुरेललाई ५० लाख रुपैयाँ दिएको दाबी गरेकी थिइन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १० : ४२ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच