टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू) « Khabarhub

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ ।

नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ, साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ । 

परियोजनाको ठेक्का पासवन्त-कालिका एसएनईटी-जेभीले लिएको छ भने परामर्शदाता ईपीटीआईएसए सर्भिसियस डे ईन्जेनिया एस.एलसहितको संयुक्त टोली रहेको छ । 

केही दिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए ।

 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ११ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली