नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस् « Khabarhub

नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा थुनिएका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न बिहीबार दिएको आदेशप्रति सम्मान जनाएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू हाल यथावत् रहे पनि ती तत्कालीन निरंकुश सरकारबाट सुरू गरिएको राजनीतिक प्रतिशोधको श्रृङ्खलाको परिणाम भनेर कार्यवाहक सभापति डीपी अर्यालले यसबारे व्याख्या गरेका छन् ।

रास्वपाले वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै राजनीतिक प्रतिशोधको यो श्रृङ्खलालाई पूर्णविराम दिने विश्वास व्यक्त गरेको छ।

यसका साथै, राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्ने देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिने पार्टी सदस्य, समर्थक र शुभेच्छुकप्रति आभार प्रकट गरिएको छ।

विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी पनि दिइएको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ३१ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.