साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने « Khabarhub

साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै छ ।  

खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिवार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् ।

फाइनलअघि शुक्रबार दशरथ रङ्गशाला आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको बताइन् ।

अहिले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उनले पहिलो पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताइन् ।

त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए ।

त्यसैगरि भारतको इस्ट बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पुरा गर्नेगरि खेल्ने बताएका थिए । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ५६ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित