‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ « Khabarhub

‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ चलचित्र हेर्न राजधानीको सिभिल मल पुगेका भट्टराईले चलचित्र सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका हुन् ।

चलचित्र ‘छ माया छपक्कै’ राजनीतिक विषयमाथि बनेको छ । एक गाउँमा हुने पानीको राजनीतिमाथिको कथा उनिएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रले समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाएको छ भने बक्स अफिसमा पनि राम्रो व्यापार गरेको छ ।

‘छ माया छपक्कै शीर्षकले हल्काफुल्का फिल्मको संकेत गरे पनि समसामयिक विषयवस्तु र स्वस्थ मनोरञ्जनको उचित संयोजन रहेको यो नेपाली चलचित्र अपेक्षा गरेभन्दा राम्रो रहेछ,’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विदेशी चलचित्रले प्रभुत्व जमाएको नेपाली बजारमा यस्ता फिल्मलाई प्रबर्धन गर्नु सबै हिसाबले उपयुक्त हुनेछ ।’

साथै भट्टराईले निर्माण टिमलाई बधाई तथा शुभकामना दिएका छन् । भट्टराईले कलाकारसँगै बसेर चलचित्र हेरेका थिए ।

यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । अभिनेता गिरीले तयार पारेको स्किृप्टलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा लगानी भने रोहित अधिकारीको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ५९ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै