‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ « Khabarhub

‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ चलचित्र हेर्न राजधानीको सिभिल मल पुगेका भट्टराईले चलचित्र सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका हुन् ।

चलचित्र ‘छ माया छपक्कै’ राजनीतिक विषयमाथि बनेको छ । एक गाउँमा हुने पानीको राजनीतिमाथिको कथा उनिएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रले समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाएको छ भने बक्स अफिसमा पनि राम्रो व्यापार गरेको छ ।

‘छ माया छपक्कै शीर्षकले हल्काफुल्का फिल्मको संकेत गरे पनि समसामयिक विषयवस्तु र स्वस्थ मनोरञ्जनको उचित संयोजन रहेको यो नेपाली चलचित्र अपेक्षा गरेभन्दा राम्रो रहेछ,’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विदेशी चलचित्रले प्रभुत्व जमाएको नेपाली बजारमा यस्ता फिल्मलाई प्रबर्धन गर्नु सबै हिसाबले उपयुक्त हुनेछ ।’

साथै भट्टराईले निर्माण टिमलाई बधाई तथा शुभकामना दिएका छन् । भट्टराईले कलाकारसँगै बसेर चलचित्र हेरेका थिए ।

यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । अभिनेता गिरीले तयार पारेको स्किृप्टलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा लगानी भने रोहित अधिकारीको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : ५९ बजे

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ