राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल « Khabarhub

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ । अतिसंकटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा जम्मा ३६६ घडियाल गोही फेला परेका छन् ।

‘अनुगमनका क्रममा हामीले राप्ती नदीमा २३१ तथा नारायणी नदीमा १३५ घडियाल गोही फेला पारेका छौँ’, थापामगरले भने, ‘गत वर्ष दुवै नदीमा गरी जम्मा ३५२ मात्रै घडियाल गोही देखापरेका थिए ।’ 

उनका अनुसार यस वर्षको गणनामा राप्ती नदीमा २०६ तथा नारायणी नदीमा १४६ घडियाल फेला परेका छन् । 

गत वर्षकोभन्दा यस वर्ष नारायणी नदीमा घडियाको सङ्ख्यामा कमी आएको भन्दै उनले राप्ती नदीमा भने घडियालको सङ्ख्या बढेको जानकारी दिए ।

‘हामीले गरेको संरक्षणको पहल र समुदायमा बढेको संरक्षण चेतनाका कारण घडियाल गोहीको सङ्ख्या बढेको हुनसक्छ’, उनले भने, ‘निकुञ्जले बर्सेनि घडियाल प्रजनन केन्द्रमा हुर्काएको गोहीका बच्चालाई नारायणी नदी र राप्ती नदीमा छोड्ने गर्दा पनि नदीमा गोहीको सङ्ख्या बढ्दै गएको छ ।’

सन् १९७८ देखि निकुञ्जको मुख्यालय कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरी अतिसङ्कटापन्न अवस्थामा रहेको घडियालको संरक्षणको काम भइरहेको थापा मगरले जानकारी दिए । नारायणी तथा राप्ती नदी किनारबाट गोहीका अण्डा संकलन गरी प्रजनन केन्द्रमा मेसिनबाट बच्चा कोरलेर हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको उनको भनाइ छ । 

आगामी दिनमा पनि घडियाल गोहीको दिगो संरक्षण, नियमित अनुगमन तथा नदी प्रणालीको संरक्षणका लागि सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै घडियालको सङ्ख्या वृद्धिमा भूमिका खेल्ने थापामगरले बताए। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले यस वर्ष मङ्सिर २१ देखि मङ्सिर २९ गतेसम्म गरेको घडियाल गोहीको नियमित अनुगमन कार्यबाट प्राप्त भएको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । 

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गणना गरिनुको मुख्य उद्देश्य नदी प्रणालीमा घडियाल गोही तथा यसको बासस्थानको वर्तमान अवस्थाको अद्यावधिक जानकारी संकलन गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताए। 

अनुगमनका क्रममा राप्ती र नारायणी नदीका विभिन्न खण्डमा प्रत्यक्ष अवलोकनका आधारमा घडियाल गोहीको गणना गरिएको पन्तको भनाइ छ । घडियाल गोहीको गणनाका क्रममा नारायणी नदीमा एउट डल्फिन (साँस) समेत देखापरेको उनले जानकारी दिए । 

प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार घडियाल गणनाका क्रममा नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीको गोलाघाट क्षेत्रमा एउटा डल्फिन फेला परेका हुन् । 

नारायणी नदीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक संकेत मानिएको पन्तले बताए। यसअघिका वर्षमा पनि नारायणी नदीको यसक्षेत्र र नवलपुरको बगुवन, अमलटारी क्षेत्रमा पटकपटक डल्फिन देखिँदै आएका थिए । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १ : ३८ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य